सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

आइतबार, २५ फागुन २०८१, २० : ११
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । काठमाडौँमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-९ निर्दिम घर भई हाल जिल्ला ललितपुर बालकुमारी बस्ने २० वर्षीय विराट पंज्ञानी रहेका छन् ।

आइतबार अपराह्न करिब ३ बजेको समयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित सडक खण्डमा पंज्ञानीले शंकास्पद रुपले चलाइरहेको प्रदेश ३-०२-०३० प १७ २७ नम्बरको सेतो रङको २०० सीसीको एन एस पल्सर मोटरसाइकललाई फेला पारी चेकजाँच गरेको थियो । 

प्रारम्भिक अनुसन्धान गर्दा गत फागुन १ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.२० छावहाल नटोल स्थित सडक खण्डबाट हराएको बागमती प्रदेश ०२-०३५ प २६ ३९ खुल्न आएको थियो । त्यस सम्बन्धमा सो मोटरसाइकल खोजतलास गरीपाँउ भनी जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ०७ बस्ने शिवाक्ष राईले यस ट्राफिक प्रहरी कार्यालयमा हुलिया सहितको निबेदन दिएका थिए । 

पंज्ञानीलाई कानुन बमोजिम नियन्त्रणमा लिई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?