सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ

आइतबार, २५ फागुन २०८१, १९ : ३५
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या गरेको आरोपमा एक नाबालकसहित ५ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङ्गेखोला घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघांग-४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक रहेका छन् ।

शनिबार करिब ११:५० बजे काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलाको बिच भागमा बोरा भित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिला मृत फेला परेको थियो । यो सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा महिलाको हत्यामा पाँच जनाको संलग्नता खुल्न आएको थियो । उनीहरूलाई उपत्यका स्थित विभिन्न स्थानबाट जिल्ला प्रहरी परिसर काठमाडौँ समेतको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो । 

उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?