सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने

आइतबार, २५ फागुन २०८१, १९ : ३०
आइतबार, २५ फागुन २०८१

बुटवल । रुपन्देहीको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगिताको २३ औ संस्करण चैत ९ गतेदेखि सुरु हुने आइतबार पत्रकार सम्मेलन गरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले  जानकारी दिए ।

तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्र पाउने उनले बताए । यसैगरी उपविजेता टिमलाई ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहभागी नहुने उनले बताए ।

प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लबलाई सहभागिता हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?