सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
समाचार

सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

आइतबार, २५ फागुन २०८१, १९ : १९
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलाले कार्यालयको लेटर हेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो फेसबुकमा आइतबार राखेका थिए।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको यस कार्यालयका प्रवर्द्धकको उक्त कार्य पदीय जिम्मेवारीविपरीत भएको मन्त्रालयको ठहर छ । साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। 

'उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।ु मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ। 

p

लिजवनस्थित उक्त कार्यालयले हिजो शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ महाराजधिराज सरकार सम्बोधन गर्दै उनको सुभकामना र सन्देशको स्वागत तथा ऐक्यबद्धता जनाएको पत्रमा उल्लेख गरेको थियो। 

पूर्वराजा ज्ञानेन्द्रले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते दिएको शुभकामनालाई उक्त कार्यालयले स्वागत गरेको पत्रमा लेखेको थियो। 

'मिति २०८१ फाल्गुण ७ गते, राष्ट्रको रक्षा, राष्ट्रिय एकता कायम राखी, देशको समृद्धि, उन्नति, प्रगति तथा कला(संस्कृति र नेपालीहरूको गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त गरिएको शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु। नेपालमा संवैधानिक राजसंस्था सहित हिन्दू, बौद्ध र किरात राष्ट्र निर्माण गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, देश-विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरूलाई यो घडीमा राजसंस्थालाई साथ दिन अनुरोध गर्दछु ।' पत्रमा उल्लेख छ ।

r

राजा सबै नेपालीका साझा अभिभावक भएका र २०६२/०६३ पछिको परिवर्तनका सत्ताधारीहरूले राष्ट्रप्रति देखाएको उपेक्षा र जनताले भोगेको अवस्था प्रत्यक्ष प्रमाणित भइसकेको पनि उक्त पत्रमा उल्लेख छ। 

'वर्तमान अवस्थाले अब राजतन्त्र नै देशको अन्तिम विकल्प हो भन्ने कुरा जनताले बुझिसकेका छन्,' पत्रमा लेखिएको छ, 'यस स्थितिमा, अब जनताले राजालाई साथ दिनु आजको आवश्यकता हो। त्यसैले, राजा श्री ५ को आव्हानलाई सबैले साथ दिऔं ।'

बास्तोलालाई सरकारले २०८० फागुन १३ गते पर्यटन प्रवर्द्धकका रूपमा नियुक्त गरेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?