कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?

काठमाडौँ । हामी प्रायः म्याद गुज्रिएका औषधिहरू फ्याँकिदिन्छौँ । एउटा अध्ययनका अनुसार ६० प्रतिशतभन्दा अधिक मानिसहरू यस्ता औषधिलाई के गर्नुपर्छ भन्ने नै थाहा छैन । यस्ता औषधिको व्यवस्थापन गम्भीर विषय हो । कयौँ देशमा त म्याद गुज्रिएका औषधिलाई फोहोर फ्याँक्ने ठाउँमा वा नालीमा फ्याँक्नुलाई गैर–कानुनी मानिन्छ ।
औषधिहरूलाई डष्टबिनमा राखेर फ्याँक्दा पछि यसमा भएका रसायन माटोमा मिल्न सक्छन् । यसबाट माटो मुनिको पानी प्रदूषित हुन सक्छ । यसले पिउने पानीलाई प्रदूषित गर्न सक्छ । नालीमा औषधि फ्याँक्दा यसमा भएका तत्त्वहरूले जल प्राणीलाई क्षति पुर्याउन सक्छन् । पानीमा औषधिको थोरै मात्र मात्राले पनि एन्टिमाइक्रोबियललाई प्रतिरोधी बनाउन सक्छ । विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य संकट भनेको छ ।
केही औषधि एन्डोक्राइन डिसरप्शनको कारण पनि बन्न सक्छ । यसका कारण मान्छे र माछामा हर्मोनल असन्तुलन देखिएको छ ।
विज्ञहरूले यस्ता औषधिलाई टेक–ब्याक प्रोग्राम अर्थात् फिर्ता लिने कार्यक्रम वा अधिकृत कलेक्शन सेन्टरमा जम्मा गर्न भन्छन् । कयौँ देशमा त फार्मेसी र अस्पतालहरूले यस्तो खालको अभियान चलाएका हुन्छन् । यस्ता केन्द्रहरूले औषधिलाई जलाउने वा सुरक्षित रूपमा नष्ट गर्ने काम गर्छन् ।
अमेरिकामा औषधिसम्बन्धी नियामक डीईएले हरेक वर्ष म्याद गुज्रिएका औषधि फिर्ता लिन दिवस नै तोक्ने गरेको छ । केही देशका फार्मेसीहरूले यस्तो औषधि सित्तैमा लिने गरेका छन् । तपाईसँग यीमध्ये कुनै उपाय छैनन् भने औषधिलाई फोहोर फ्याँक्ने गाडीमा पठाउनु अघि सिलबन्द ब्यागमा हाल्नुहोस् । यसो गर्दा औषधि बच्चाबच्ची वा पशुपन्छीसम्म नपुगोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन