मनाउँछौँ दिवस मानेर आनन्द

मलाई मैले चिनेकी छैन
तर, तिमीलाई चिन्नु छ ।
दुई मुठी सास रहुन्जेलसम्म
तिमीलाई नै भज्नुपर्छ !
हामीले चिन्ने तिमी नै रहेछौ
तिमी नै सर्वस्व,
त्यही सर्वस्वभित्र
जीवन हाम्रो हुँदै छ नश्वर !
पुज्नु छ तिमीलाई
भज्नु छ तिमीलाई
तिमी नै परमेश्वर
पाएको जति दुःख र कष्ट
कहाँ सुनाउ महेश्वर ?
कसरी भनुँ
दुःखै हो पोख्ने
दुःखैमा हुर्कने
चुराको आवाज जहाँसम्म पुग्छ
अस्तित्व भेटाउने !
नारीको जुनी दुःख र कष्ट
भन, कसरी हटाउने ?
दुःखमै हामी खुसीले नाच्छौँ
भन, कसले हो नचाउने ?
सिन्दुर तिम्रो
पोते पनि तिम्रो
चुराको छन्–छन्
चिनारी हाम्रो यस्तो पो भयो
अस्तित्त्व हाम्रो कहाँ छ भन न ?
न पोखु भन्छु
पोख्न मन लाग्छ
पोखेर के गरुँ ?
बगेको आँसु
कसरी लुकाउँ ?
हरेक वर्ष
महिला दिवस आउँछ
गइजान्छ
तर पनि
सबैको सामु
मनाउँछौँ दिवस
मानेर आनन्द !!
000
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा