गणतन्त्रका शासक बिग्रँदा राजावादी उठे

नेपालको २५ सय वर्ष लामो इतिहासमा १७७ जना राजाको शासन चलेपछि राजतन्त्रको अन्त्य भएको थियो । यस कालमा किरात, लिच्छवि, ठकुरी, मल्ल, शाह आदि वंशजका आधारमा राजा भए ।
इतिहास शिरोमणि बाबुराम आचार्य अनुसार ईसापूर्व ५५० देखि ईश्वी संवत् २५० को ८०० वर्षसम्म नेपालमा किरात शासन चलेको थियो । सुरुको २०० वर्षसम्म नेपालको दक्षिण भेगमा जस्तै यहाँ लोकतन्त्रात्मक गणराज्य निरापद रूपमा चलिरहेको थियो । नेपालमा आवाद भएका किरातहरूमा जातिभेद, वर्गभेद तथा वर्णभेद नभएकाले राज्यको सम्पूर्ण निवासीहरूलाई समान नागरिक अधिकारहरू प्राप्त थिए । यसैले किरात राजाहरूको राज्य वास्तविक अर्थमा लोकतन्त्रात्मक राज्य भएको पाइन्छ । तर समय बित्दै जाँदा राजाहरूले नागरिकहरूप्रति गर्ने अत्याचारी व्यवहार नै नेपालका लागि राजतन्त्रको अभिशाप बन्यो ।
२०६२/६३ सालको जनआन्दोलन र १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धले नेपालको राजतन्त्र अन्त गरिदियो । आज राजतन्त्र अन्त्यको २० वर्षपछि राजतन्त्रको पुनः स्थापनाका लागि राजावादीको आवाज किन बढ्दै गयो भन्ने प्रश्न महत्त्वपूर्ण बन्दै गएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्ने मुद्दा अगाडि सारेको पाइन्छ तर त्यतिले मात्र राजाले चित्त बुझाउलान् त भन्ने जिज्ञासा मेटाउन सक्दैन । २०४६ सालमा नेपालमा प्रजातान्त्रिक पद्धति अन्तर्गत संवैधानिक राजतन्त्र थियो । त्यस अन्तर्गत तीन राजा भए — वीरेन्द्र, ज्ञानेन्द्र र दीपेन्द्र । हिजोआजका राजावादीको आन्दोलनले खोजेको कस्तो राजा हो ? यो स्पष्ट छैन । अन्धकारमा तीर हान्दा ‘ढुकुरलाई लागे सिकार, कुकुरलाई लागे खाल्डो’ भनेजस्तो आन्दोलनले राजा फर्केलान् भन्ने कुरा दिवास्वप्न देख्नुभन्दा अन्य केही होइन ।
अबको राजनीतिले लय समात्न सक्नुपर्छ । गणतन्त्रवादी नेताहरु कुर्चीकै दाउपेचमा देखिन्छन्, जनताको अवस्था बदल्नतिर उनीहरुको ध्यान देखिँदैन, कैयौँपटक सरकार चलाएर उनीहरुलाई पुगेको छैन । यो अवस्थामा नेताहरु सुध्रिन र विधि अनुरुपमा युवा नेतालाई पालो दिन पनि आवश्यक छ । गणतन्त्रका नेता तथा शासकहरुले जनताको अवस्था बदल्ने साझा कार्यक्रम ल्याउन सक्नुपर्छ ।
२०१७ पुस १ गते संसदीय शासन प्रणालीको हत्या गरी जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई कारावासमा हाली तत्कालीन राजा महेन्द्र आफूलाई विश्वसामु जनतामा जनप्रिय देखाउन देश–दौडाहामा निस्किएका थिए । कतै कुनै विरोध नरहेको भन्दै सबै ठिकठाक देखाउने उनको कुचेष्टाजस्तै नागार्जुन दरबारको गुराँसको फेदमा बसेर देश सकिनै लाग्यो, सक्किसक्यो भन्दै जनताको नाममा अभिव्यक्ति दिएर देश–दौडाहामा निस्केका ज्ञानेन्द्रले काठमाडौँ फर्केपछि जनताको नाममा अर्काे इमोसनल अभिव्यक्ति दिनेबाहेक यो व्यवस्थालाई छुने हिम्मतसम्म गर्न सक्दैनन् । तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा छ भने त्यो राजावादी पक्षधरबाट भन्दा बढी यसै व्यवस्थाभित्रका लोभीपापी नेताबाटै छ ।
राजतन्त्र भनेको केवल एक थान राजा र रैतीको मात्र होइन, प्रणालीको कुरा हो । राजा हुँदा नागरिकको आफ्नो अभिभावक या शासक छान्ने अधिकार वञ्चित हुन्छ । राजतन्त्रमा जुनसुकै गुण या वैगुन भए पनि राजाकै सन्तानले मात्र शासक हुने हो । वंश र रगतको आधारमा राजा हुने व्यवस्थाभन्दा जनताको छोरो राष्ट्रपति चुनिने व्यवस्था उत्तम हो ।
आज किन राजावादीहरु जुर्मुराएका छन् भनी खोतल्न आवश्यक छ । यसमा केही बाह्य र केही आन्तरिक कारण पनि हुन सक्छन् ।
चीन र भारतका लागि सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ नेपाल । यी दुवै छिमेकी शक्तिले भूराजनीतिक स्वार्थका रुपमा नेपाललाई हेर्दै आएका छन् । आज पनि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध कायम राख्न सकेको देखिँदैन । यस कारण पनि राजावादीहरूको आन्दोलन उठेको देखिन्छ ।
दशक लामो सशस्त्र युद्ध, दशक लामो संक्रमणकाल र संविधान जारी भएपछि पनि राजनीतिक अस्थिरताको चक्रव्यूहबाट गुज्रिरहेको नेपाललाई शक्ति राष्ट्रहरूले पनि नियालिरहेका छन् । नेपालमा राजसंस्थाको विषयलाई अन्तर्राष्ट्रिय समुदायले कसरी लिन्छ भन्नेले पनि अर्थ राख्छ ।
अठारौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली रक्तपातपूर्ण क्रान्तिमा राजाविरोधी मोर्चामा अग्रपंक्तिका योद्धा नेपोलियनले सन् १८०४ मा आफैँलाई सम्राट घोषणा गरेका थिए । यतिबेला राजेन्द्र लिङ्देन नेपालमा गणतन्त्रविरोधी अग्रमोर्चामा देखिन्छन् । यसै व्यवस्थामा रहेर ब्यालेटबाट संविधान परिवर्तन गर्ने प्रावधान हुँदाहँुदै लिङ्देनले आन्दोलनको जगबाट ज्ञानेन्द्रलाई राजा बनाउन राष्ट्रवादी शक्तिको डमरु बजाउँदै छन् । आज राजावादी केही तथा व्यक्तिहरु ज्ञानेन्द्र शाहलाई रिझाउने प्रतिस्पर्धामा देखिन्छन् ।
नेपालमा गणतन्त्र त्यत्तिकै आएका होइन । राजाले सबै शक्ति आफ्नो हातमा लिएर जनताका हक–अधिकार कुण्ठित गर्दै गएपछि राजसंस्थाविरोधी आवाज उठेका थिए र गणतन्त्र आउन सम्भव भयो । गणतन्त्र आन्दोलनसँगै एउटा विधि र प्रक्रियाले आएको हो । यस व्यवस्थालाई मजबुत बनाउन गणतन्त्रवादी गम्भीर नहुने हो भने राजावादीको गतिविधि बढ्दै जाने देखिन्छ ।
आज जनता निराश छन् । देशमा रोजगारी छैन, उत्पादन छैन, स्वास्थ्य र शिक्षाको विषयमा राज्यले ध्यान पुर्याउन सकेको छैन, भ्रष्टाचार व्याप्त छ । त्यसैले युवाहरु रोजगारी, अध्ययन, अवसरका नाममा बिदेसिँदै छन् । यो परिप्रेक्ष्यमा नेताहरुलाई गणतन्त्रलाई सुदृढ गराउनतिर अग्रसर हुनैपर्छ ।
राजनीतिलाई सभ्य, सुसंस्कृत, सारभूत बनाउन र परिवर्तनलाई संस्थागत र सुदृढ गर्दै जानका लागि पुरातन अभ्यास, सोच र संस्कारबाट माथि उठेका जिम्मेवार नेताको आवश्यकता छ । वैचारिक रुपले विभक्त, निष्ठाहीन, गन्तव्यविहीन, दिशाहीन, गतिहीन र आचरणका दृष्टिले अति उपयोगितावादी र अवसरवादी नेताहरूकै कारण आज जनताको तन्त्र खतरामा पुगेको साँचो हो ।
अबको राजनीतिले लय समात्न सक्नुपर्छ । गणतन्त्रवादी नेताहरु कुर्चीकै दाउपेचमा देखिन्छन्, जनताको अवस्था बदल्नतिर उनीहरुको ध्यान देखिँदैन, कैयौँपटक सरकार चलाएर उनीहरुलाई पुगेको छैन । यो अवस्थामा नेताहरु सुध्रिन र विधि अनुरुपमा युवा नेतालाई पालो दिन पनि आवश्यक छ । गणतन्त्रका नेता तथा शासकहरुले जनताको अवस्था बदल्ने साझा कार्यक्रम ल्याउन सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान