च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको उद्घाटन खेलमा च्यासल र वीरगन्जले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले अंक बाँडेका हुन् ।
लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । जसमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेका छन् ।
सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान