कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौंँ । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारबाट सुरु भएको छ । रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव भोलि २६ गते सोमबारसम्म चल्नेछ ।
महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन् । उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का तथा चलचित्र ‘पुजार सार्की’ का लेखक एवं निर्देशक विकास सुवेदीको समेत सहभागिता थियो ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक चलचित्रको कर्णालीमै छायाङ्कन गर्ने औपचारिक सम्झौता भयो ।
महोत्सव अन्तर्गत भोलि गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम आयोजना गरिँदैछ । यस संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ ।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई नेपाली चलचित्रमा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान