शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोटीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

आइतबार, २५ फागुन २०८१, १६ : ५०
आइतबार, २५ फागुन २०८१

डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार शिखर नगरपालिका –७ बयरकोट बस्ने अन्दाजी ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप