काठमाडौँ । पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने भएपछि शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका थिए । जुलुससहित विमानस्थल पुग्ने भनेर उनीहरूको आह्वान थियो ।
त्यही भएर सरकारले पनि विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । विमानस्थल र सो आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो भने मोटरसाइकल लगायतलाई प्रवेश निषेध गरिएको थियो । यसले गर्दा विमानस्थल अस्तव्यस्त बनेको थियो ।
विमानस्थलमा पर्यटक र यात्रुहरूलाई सकस भएको थियो । उनीहरु आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरु पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो ।
अझ सो क्षेत्रको यातायात प्रभावित हुँदा उनीहरुलाई गन्तव्यसम्म जान थप सकस परेको थियो ।
प्रतिक्रिया