सैफ अली खानको रेस–४ मा को बन्ने भयो भिलेन ?

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको रेस फ्रेन्चाइजीको नयाँ फिल्म आउने भएको छ । फिल्मको बाँकी कलाकार र छायांकन स्थानबारे खासै जानकारी आएको छैन ।
तर हालैका रिपोर्टहरूका अनुसार, यी बलिउड अभिनेतालाई फिल्ममा खलनायकको भूमिका निर्वाह गर्न फाइनल गरिएको छ ।
फिल्मफेयरको एक रिपोर्ट अनुसार, हर्षवर्धन राणे २०२५ मा सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक बनेका छन् । उनको फिल्म सनम तेरी कसमको पुनः रिलीजको सफलताका कारण उनको चर्चा चुलिएको हो । यसैबीच हर्षवर्धन फिल्म रेस ४ु मा खलनायकको भूमिकामा देखिन सक्नेछन् ।
सैफ पनि हुनेछन् रेस ४ को हिस्सा ?
एक्सन थ्रिलर फिल्म रेसको चौथो फ्रान्चाइज, रेस ४ को रिलिजको खबर बाहिर आएदेखि नै रेस फिल्मका फ्यानहरू यस फिल्मलाई लिएर धेरै उत्साहित छन् । सैफ अली खान रेस ४ को हिस्सा हुनेछन् भन्ने खबर आएको थियो । फिल्ममा हर्षवर्धनको संलग्नतासँगै रेस ४ ले नयाँ मोड लिएको छ ।
रेस ४ को लागि सिद्धार्थ मल्होत्राको नाम पनि विचार भइरहेको खबर छ । रेस ४ को छायांकन जनवरी २०२५ बाट सुरु हुने बलिउड हंगामासँग कुरा गर्दै रेस फिल्मका लेखक शिराज अहमदले बताएका थिए । उनले स्क्रिप्ट र कास्टिङ लगभग तयार भइसकेको पनि बताएका छन् । कथाले पहिलो दुई फिल्मको संसारलाई अगाडि बढाउनेछ र त्यसमा भएका घटनाहरूलाई जोड्ने बताइएको छ ।
रेस शृङ्खलाको अन्तिम फिल्म रेमो डिसुजाले निर्देशन गरेका थिए र यसमा सलमान खान, अनिल कपूर, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह र साकिब सलीमले अभिनय गरेका थिए । रेसका फ्यानहरू यसको चौथो किस्ताको आधिकारिक घोषणाको पर्खाइमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला