एङ्करपछि इन्डिया टुडे ग्रुपले लञ्च गर्यो एआई पप स्टार

नयाँदिल्ली । इन्डिया टुडे ग्रुपको स्टेज आज तकले ए–पपको शंखनाद गरेको छ । यसलाई एआई–सम्बन्धित मनोरञ्जनको दुनियाँमा एक क्रान्तिकारी कदमको रुपमा हेरिएको छ ।
भारतको पहिलो एआई एङ्कर साना ल्याएर दुई वर्षसम्म समाचारको क्षेत्रमा तरङ्ग सिर्जना गरेपछि, इन्डिया टुडे ग्रुपले अब स्टेज आजतकसँग संगीतको सीमालाई अगाडि बढाइरहेको छ ।
समूहले एआईमा आधारित संगीत व्यक्तित्व ऐशान र रुह लञ्च गरेका छन् । यिनीहरूले प्रविधि, कला र जबर्दस्त संयोजनको साथमा मनोरञ्जनको संसार परिवर्तन गर्ने दाबी समूहको छ ।
‘ए–पप एउटा विधा मात्र होइन । यो एक तरल, विकसित र सहयोगी रचनात्मक प्रक्रिया हो । यो मानव कल्पनाशक्ति र एआईको क्षमताहरूको संगम हो । यो परम्परागत सीमाहरूद्वारा सीमित गर्न नसकिने संगीत सिर्जना गर्नेबारे हो ।’
ए–पप लञ्च गर्दै इन्डिया टुडे ग्रुपका कार्यकारी एडिटर–इन–चीफ र उपाध्यक्ष काली पुरीले भने- एआई पप स्टार रुह र ऐशानले वास्तविक जीवनमा आफैँसँग जोडिराख्ने दाबी समूहले गरेको छ ।
यिनीहरूले नयाँ नयाँ कुराहरू सिर्जना गर्ने अनि नयाँ कुराहरू सिक्ने बताइएको छ । यी दुई प्रयोगकर्ताहरूलाई ध्वनि र भावनाहरूको उत्कृष्ट अनुभव दिने दाबी समूहको छ ।
यो जोडीको संगीत अब सामाजिक सञ्जाल र विभिन्न अग्रणी स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ ।