सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँ आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत

आइतबार, २५ फागुन २०८१, १६ : १४
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?