सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

सैफ अली खानको रेस–४ मा को बन्ने भए भिलेन ?

आइतबार, २५ फागुन २०८१, १६ : १०
आइतबार, २५ फागुन २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको रेस फ्रेन्चाइजीको नयाँ फिल्म आउँदैछ । फिल्मको बाँकी कलाकार र छायांकन स्थानबारे खासै जानकारी आएको छैन । तर हालैका रिपोर्टहरूका अनुसार, यी बलिउड अभिनेतालाई फिल्ममा खलनायकको भूमिका निर्वाह गर्न फाइनल गरिएको छ । 

फिल्मफेयरको एक रिपोर्ट अनुसार, हर्षवर्धन राणे २०२५ मा सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक बनेका छन् । उनको फिल्म सनम तेरी कसमको पुनः रिलीजको सफलताका कारण उनको चर्चा चुलिएको हो । यसैबिच हर्षवर्धन फिल्म रेस–४ मा खलनायकको भूमिकामा देखिन सक्नेछन् । 

सैफ पनि हुनेछन् रेस ४ को हिस्सा ?

एक्सन थ्रिलर फिल्म रेसको चौथो फ्रान्चाइज, रेस ४ को रिलिजको खबर बाहिर आएदेखि नै रेस फिल्मका फ्यानहरू यस फिल्मलाई लिएर धेरै उत्साहित छन् । सैफ अली खान रेस ४ को हिस्सा हुनेछन् भन्ने खबर आएको थियो । फिल्ममा हर्षवर्धनको संलग्नतासँगै रेस–४ ले नयाँ मोड लिएको छ ।

रेस–४ को लागि सिद्धार्थ मल्होत्राको नाम पनि विचार भइरहेको खबर छ । रेस–४ को छायांकन जनवरी २०२५ बाट सुरु हुने बलिउड हंगामासँग कुरा गर्दै रेस फिल्मका लेखक शिराज अहमदले बताएका थिए । उनले स्क्रिप्ट र कास्टिङ लगभग तयार भइसकेको पनि बताएका छन् । कथाले पहिलो दुई फिल्मको संसारलाई अगाडि बढाउनेछ र त्यसमा भएका घटनाहरूलाई जोड्ने बताइएको छ । 

रेस शृङ्खलाको अन्तिम फिल्म रेमो डिसुजाले निर्देशन गरेका थिए र यसमा सलमान खान, अनिल कपूर, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह र साकिब सलीमले अभिनय गरेका थिए । रेसका फ्यानहरू यसको चौथो किस्ताको आधिकारिक घोषणाको पर्खाइमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?