सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय
अपडेट

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग (तस्बिरसहित)

आइतबार, २५ फागुन २०८१, १६ : १०
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको पाइएको छ । 

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । रातोपाटीको क्यामेरामा कैद भएको योगी आदित्यनाथसहितको ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा प्रयोग गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो राखेका छन् ।   छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरुकाले र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू.....’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाए । उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’ गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । 

उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताएका थिए । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् ।  

IMG-20250309-WA0137-001

yogi-rpp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?