आयोजक युगान्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार खेलिएको खेलमा नेपालले आयोजक युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । चार राष्ट्र सम्मिलित शृंखलामा आफ्नो दोस्रो खेल खेलेको नेपालले पहिलो जित हात पारेको हो ।
शृंखला युगान्डामा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित २० ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
नेपाली टोलीको जितमा साना प्रविनले १७ रनको योगदान गरिन् । सिनियर राष्ट्रिय टोलीबाट सानाको यो ‘डेब्यू’ खेल हो । उनले ३५ बलको सामना गरी एक चौका हिर्काइन् । पूजा महतोले पनि अलराउन्ड प्रदर्शन गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले ३० बलको सामना गरी १६ रन बनाइन् । उनले तीन विकेट पनि लिएकी थिइन् । ओपनर सम्झना खड्का भने १२ बलमा आठ रन बनाउँदै आउट भइन् । उनी रनआउट भएर पेभेलियन फर्किएकी थिइन् ।
यसैगरी, कप्तान ईन्दू बर्मा १० बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भइन् । कविता जोशी भने शून्य रनमै पेभेलियन फर्किइन् । रुविना क्षेत्रीले १० बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । उनी रन आउट भएकी थिइन् ।
रोमा थापा पनि एक रन बनाउँदै आउट भइन् । उनी पनि रन आउट भएकी थिइन् । बिन्दू रावल दुई रनमै पेभेलियन फर्किइन् । रनचा कुमारी चौधरीले खाता खोल्न सकिनन् । नेपालले अतिरिक्त रुपमा पनि नौ रन पायो । युगान्डाकी बलर जनेट एमबाबाजीले तीन विकेट लिइन् । सराह वालाजाले पनि दुई विकेट हात पारिन् ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाका लागि ओपनर ईमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाएक थिइन् । उनले ४० बलमा तीन चौका प्रहार गरिन् । स्टेफनी नाम्पिनाले १४ रन बनाइन् । उनले २५ बलमा एक चौका प्रहार गरिन् । मलिसा अरिओकोटले २४ बलमा ११ रन बटुलिन् । युगान्डाका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । युगान्डाले अतिरिक्त रुपमा १० रन पायो ।
नेपाली टोलीकी बलर पूजा महतोले तीन विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिइन् । कप्तान ईन्दु बर्माले पनि दुई विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिइन् । यसअघि, शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो । पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा युगान्डाले भने हङकङलाई पराजित गरेको थियो ।
जारी शृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङ्कङको सहभागिता रहेको छ । शृंखलामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिचच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न