सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैन : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले अनेमसंघ केन्द्रीय कमिटीले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उपाध्यक्ष शाक्यले अहिले पनि सामन्ती अवशेषहरू अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरुरी रहेको बताइन् । अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको उनले बताइन् । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।
उपाध्यक्ष शाक्यले भनिन्, ‘सोचमा रूपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरू बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ ।’
उपाध्यक्ष शाक्यले आफूहरू संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताइन् । आफूहरूको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको उनले दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?