काठमाडौँ । आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीत शब्द तथा स्वर ‘स्याम्मी डी रियल जी’को छ, भने संगीत सुरज ब्लुजको रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्य लगायतको अभिनय छ ।
‘खेल’लाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण बताइन्छ ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह–निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।
फिल्ममा छायाँकन रोशन राई र सञ्जय लामा, सम्पादन आशिषराज महर्जनको छ । फिल्मको वितरण डिसिएनले गर्नेछ ।
प्रतिक्रिया