सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजार ४६ अंकले घट्यो, १० अर्बको कारोबार

आइतबार, २५ फागुन २०८१, १५ : २८
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज उच्च अंकले घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

आज बजारमा २४ कम्पनीको मूल्य बढेको छ । २१७ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । 

बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।

कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप