बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

बिहेको भोलिपल्टै बेहुला बेहुली मृत फेला

आइतबार, २५ फागुन २०८१, १४ : ३९
आइतबार, २५ फागुन २०८१

नयाँ दिल्ली । भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको हो ।

 बेहुलीको शव कोठाको ओछ्यानमा थियो भने बेहुला पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । बिहान ७ बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिसहरू उनीहरूलाई उठाउन गएका थिए । 

तर ढोकाभित्रबाट लगाइएको थियो । त्यसपछि परिवारले ढोका फोरिदिए । भित्र हेर्दा दुवैको शव भेटियो । बिहे भएको एक दिन नबित्दै यस्तो घटना देख्दा परिवार त्रस्त भए । दुबैलाई अस्पताल लगिएकामा डाक्टरहरूले मृत्यु भइसकेको औपचारिक रूपमा बताए । यो सूचना पाउने  बित्तिकै प्रहरी पनि अस्पतालमा पुगेको थियो । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । 

दुवैको बिहे ७ मार्चमा भएको थियो । शनिवार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन् । आइतबार दुवैको रिसेप्सन थियो । घर परिवारले रिसेप्सनको तयारी गरिरहेका थिए । यो घटना अयोध्याको कैन्टको सहादतगञ्ज मुरावन टोलाको भएको बताइएको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन । दुवैको शव एउटै कोठामा पाइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप