दोस्रो चरणको गाजा युद्धविराम सम्झौतामा हुँदैछ छलफल

तेल अभिभ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ ।
इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा हमासले पनि सकारात्मक सङ्केत दिएको छ । इजरायल र हमासबिचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो ।
युद्धविरामको पहिलो चरण सकिए लगत्तै इजरायलले रामदानका लागि युद्धविरामको अवधि लम्ब्याएको थियो । अब सम्झौताको दोस्रो चरणको लागि वार्ता हुने भएको छ ।
मध्यस्थता वार्तामा अमेरिका पनि आउने
नेतन्याहुले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भनेको छ । तर, कार्यालयले थप विवरण दिएको छैन । इजरायल र हमासबिच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो । अमेरिकाले हमाससँग वार्ता सुरु गर्नेबारे जानकारी गराएको छ ।
यद्यपि, इजरायलले हमाससँग अमेरिकाको प्रत्यक्ष वार्ताको पनि कडा विरोध गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका विश्वासपात्र रोन डर्मर र अमेरिकी विशेष प्रतिनिधि एडम बोहेलरबिच पनि चर्को बहस भएको थियो । ट्रम्पले बन्धक मामिलाका लागि एडम बोहलरलाई आफ्नो विशेष प्रतिनिधि नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
-
राष्ट्रियसभा बैठक : सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
-
धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
-
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’