काठमाडौँ । पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् । जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनीहरूको तयारी छ ।
यता, सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ । विमानस्थल र सो आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको छ । यसले गर्दा सो क्षेत्रको अवस्था अस्तव्यस्त बनेको छ ।
प्रतिक्रिया