रौतहटमा २ जनासहित ५ जना मृत फेला
आइतबार, २५ फागुन २०८१, १२ : ५२

काठमाडौँ । रौतहट जिल्लामा दुई जनासहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप घर भई सोही नगरपालिका-१५ ढुङ्गेअड्डा डेरा गरी बस्ने ५० वर्षीया जुमुना तन्दुकार आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सप्तरी, खडक नगरपालिका-७ स्थित खडक खोलाको दहमा सोही नगरपालका-८ मुसहरनिया बस्ने २५ वर्षीया मुनिता कुमारी मण्डल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रौतहट, चन्द्रपुर नगरपालिका-१ सिर्जना बस्ती बस्ने ७३ वर्षीया फुलमाया माझी सोही ठाउँस्थित नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी रौतहट, गरूडा नगरपालिका-६ पोठियाहीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित हनुमन्ते खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता