शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
फोटोफिचर

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

आइतबार, २५ फागुन २०८१, १२ : १६
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । पोखराबाट काठमाडौँ फर्किने  तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।  हवाई टिकट  भएका  यात्रु र स्टाफ  बाहेक अरूलाई एयरपोर्ट भित्र  छिर्ने निषेध गरिएको छ । 

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । 

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

bimanstal chake (2)bimanstal chake (3)bimanstal chake (4)bimanstal chake (5)bimanstal chake (6)bimanstal chake (7)bimanstal chake (8)bimanstal chake (9)bimanstal chake (10)bimanstal chake (11)bimanstal chake (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप