आज जनकपुर, भैरहवा र धनगढीमा बढी तापक्रम हुने अनुमान
आइतबार, २५ फागुन २०८१, १२ : ००

काठमाडौँ । आज जनकपुर, भैरहवा र धनगढीमा सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानमा ३१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना छ ।
सबैभन्दा कम तापक्रम आज राति जुम्लामा रहने छ । यहाँको तापक्रम माइनस एक डिग्रीसम्म पुग्ने देखिएको महाशाखाले जनाएको छ ।
यस्तै ताप्लेजुङ, धनकुटा, जिरी लगायतका शहरमा छिटपुट पानी पर्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।