नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा आफैँ पनि व्यवसायी हुन् । उनको नेतृत्वमा निजी क्षेत्रका साझा सवालमा सुदृढ अर्थतन्त्र निर्माणको आधार, बलियो निजी क्षेत्र र पूर्वाधार भन्ने विषयमा देशभरका उद्योगी व्यवसायीसँग छलफल चल्यो । त्यसबाट आएका सुझाव सरकारलाई बुझाइयो । त्यसकै आधारमा सरकारले अहिले निजीकरण पहिलो संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको सापकोटाको दाबी छ ।
राष्ट्रिय पुँजीको निर्माण नगरी मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने दाबी गर्ने सापकोटासँग निजी क्षेत्रका समस्या, पछिल्लो आर्थिक अवस्था लगायतका विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश–
निजी क्षेत्रलाई बलियो बनाउन, मानिसलाई उद्योगमा जोड्न, व्यावसायिक बनाउनका निम्ति निजी क्षेत्रका समस्या पहिचान गर्नुपर्छ, व्यक्ति एक्लैले केही गर्न सक्दैन भनेर हामीले संगठन बनायौँ ।
निजी क्षेत्रका व्यवसायीहरूको सेक्टरवाइज छलफल चलायौँ । छलफलको जगचाहिँ निजी क्षेत्रका साझा समस्या बनायौँ । त्यसका आधारमा सुदृढ अर्थतन्त्र निर्माणको आधार, बलियो निजी क्षेत्र र पूर्वाधार भन्ने विषयमा दुई हजार बढी व्यवसायीसँग छलफल चलायौँ ।
मूल रूपमा अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रलाई बलियो बनाउनुपर्छ र पूर्वाधारको विकास गर्नुपर्छ भन्ने निष्कर्ष रह्यो ।
राज्यले लिने नीति, बनाउने ऐन, कानुन र त्यसका आधारमा गरिने निर्णयको प्रत्यक्ष प्रभाव उद्योगी, व्यवसायीले भोग्नु परिरहेको छ । राज्यले कहिलेकाहीँ बहकाउमा निर्णय गर्छ र त्यो प्रोजेक्ट फेल हुन्छ । त्यसको प्रत्यक्ष चपेटा व्यवसायीलाई पर्छ । उदाहरणका लागि भैरहवा, पोखरा एयरपोर्ट नचल्नु पनि हो । निजी क्षेत्रसँग सल्लाहमा नगरी गरेका सरकारका धेरै कार्यक्रम धरापमा परेका छन् । सरकारले हचुवाका भरमा नीति, ऐन बनाउने र कार्यक्रम बनाउँदा प्रमुख समस्या देखियो ।
यसअघि त्यस्तो देखियो ।
निजी क्षेत्रका साझा सवाल विषयको ४२ पृष्ठको छलफलका निष्कर्ष प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलगायत सम्बन्धित मन्त्रीहरूलाई बुझाउने काम भयो । त्यसकै आधारमा सरकारले अहिले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको छ ।
तीन वर्षदेखि नेपालको अर्थतन्त्र सङ्कुचनमा गयो । समग्रमा राज्यको, व्यवसायीको, व्यक्तिको पर्चेजिङ क्यापासिटी घटेर गएको थियो । यो अवस्थाबाट अहिले सजिलो बाटोतिर जाँदैछ ।
रेमिट्यान्स घटेको छैन । बैंकहरूले अझै एक वर्ष ब्याजदर बढाउँछन् जस्तो लाग्दैन ।
राष्ट्र बैंकले दिनदिनै पैसा खिचेको देख्दा बैंकमा लिक्विडीटी बढेको बढ्यै छ भन्ने बुझिन्छ । ऋण लिने व्यवसायीको क्षमता भने कम हुँदै गएको छ । त्यसकारण यो ब्याजदर बढ्छ भन्ने मलाई लाग्दैन ।
दुई वर्षअघि राष्ट्र बैंकले लिएको चालु पुँजी कर्जासम्बन्धी नीतिले ऋण लिने क्षमता घटाएको हो । दिएको ऋण नउठ्दा बैंकहरू पनि डराए कि ?
हाम्रा केही मिक्सम्याच छन् । उद्योगी, व्यवसायी डिफल्ड हुँदा कालोसूचीमा पर्ने डर हुन्छ तर राज्य पनि डिफल्ड भएको छ । उद्योगीलाई दिनुपर्ने पैसा नदिनु भनेको डिफल्ड नै हो नि, तर उसलाई केही हुँदैन । यस्तो मिक्सम्याच हुन्छ ।
राजस्व वृद्धि भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । राज्यको खर्च गर्ने क्षमता बढेको छ । व्यावसायिक वातावरण बन्दैछ । व्यवसायी उत्साहित हुँदैछन् । भनेको अर्थ सकारात्मक बाटोतर्फ जाँदैछ ।
के आधारमा ?
आर्थिकको मुख्य समस्या त्यो होजस्तो लाग्दैन । ‘ए’को ठाउँमा ‘बी’ जाला । ‘बी’को ठाउँमा ‘ए’ आउला वा ‘सी’ जाला । एउटा प्रक्रियाबाट जाने कुरा हो । मलाई डर लागेको के हो भने आर्थिक संस्थाहरू किन भत्काउन खोजिँदैछ ? बैंक, सहकारी, लघुवित्तलाई पैसा नतिर्ने किन भनिँदैछ ?
आर्थिक संस्था भत्काइदिएपछि अर्थतन्त्र अप्ठ्यारोमा पर्छ । अर्थतन्त्र अप्ठ्यारोमा परेपछि पर्चेजिङ क्षमता घटेर जान्छ । अनि जनता अप्ठ्यारोमा पर्छ । त्यही बेला मिठो सपना देखाएर राजनीतिमा छिर्ने । यस्ता शक्तिहरू नेपालमा अहिले सक्रिय भएको देखिन्छ । .
मल्लकालीन समयमा अलिअलि भएको पैसा मन्दिरमा खर्च गर्यौँ । पृथ्वीनारायणको शाहको पालामा एक सय वर्षसम्म युद्धमा पैसा खर्च गर्यौँ । २०१२ सालदेखि औपचारिक रूपमा बजेट आयो । त्यो पनि घाटा बजेट । २०१९ सालदेखि त हामी विश्व बैंक र आईएमएफको सदस्य भयौँ । त्यसपछि त ऋण लिने बाटो खुल्यो । त्यसपछि लोन टु लोन, लोन टु लोनको बाटोमा गयौँ । यहीँबाट हामी उल्टो बाटोबाट हिँड्न थाल्यौँ । अहिलेका सरकार बनेर यस्तो भयो भन्ने होइन । एक वर्षको सरकारलाई के भारी बोकाउनु ?
यही चैत ८ र ९ गते राष्ट्रिय महाधिवेशन हुँदैछ । हामीले नीतिले समग्र निजी क्षेत्रलाई प्रवाहित गर्छ ।
राष्ट्रिय पुँजीको विकास गर्ने । पुँजीको वितरणलाई तल लैजाने हो । त्यसका लागि जसले उद्यम गरिरहेको छ, त्यसको संरक्षण गर्ने । जो उद्यममा छैन, त्यसलाई उद्यममा ल्याउने वातावरण तयार पार्ने । उद्यमीहरूको मनोबल उकास्ने । उद्यमीमैत्री वातावरण बनाउने । सरकार र निजी क्षेत्रबिचको ग्याप फूलफिल गर्ने । उद्यमबाट पुँजी जन्मियोस् । एक रुपैयाँ भए पनि राज्यलाई कर तिरोस् । एक जनालाई भए पनि रोजगारी देओस् । त्यस्तो खालको पुँजी निर्माण गर्ने ।
संयोजकको रूपमा संगठनको अहिले लिड गरिरहेको छु । भोलि संगठनका साथीहरूले आवश्यक ठान्नुभयो भने छलफल गर्न सकिन्छ ।
प्रतिक्रिया