क्यानडा र अमेरिकी सीमा पुनः निर्धारण गर्दै ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सारमा अतिरिक्त महसुल लगाएपछि क्यानडामा चिन्ता र आक्रोशको वातावरण छ । यस्तोमा ट्रम्पले क्यानडामाथि अर्को तनाव थपिदिएका छन् ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार ट्रम्पले क्यानडा र अमेरिका बिचको सीमा पुनः निर्धारण गर्ने संकेत गरेका छन् । ट्रम्पले अमेरिका र क्यानडाबीचको सीमाङ्कन सही नभएको र यसलाई पुनः निर्धारण गर्न आवश्यक रहेको बताएका छन् ।
फेब्रुअरीमा ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच फोन वार्ता भएको थियो । मिडिया रिपोर्टका अनुसार यही कुराकानीका क्रममा ट्रम्पले दुई देशबिचको सीमा सन्धिप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई पुनः परिभाषित गर्न माग गरेका थिए ।
ट्रम्पले अमेरिका र क्यानडाबीचको जलसन्धिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । १९०८ मा अमेरिका र क्यानडाबिच जल सन्धि भएको थियो । त्यतिबेला क्यानडा बेलायतको एक हिस्सा थियो । अब ट्रम्पले दुई देशबिच ताल र नदीको पानी बाँडफाँडबारे पुनः छलफल गर्ने कुरा गरिरहेका छन् ।
ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा गरिरहेका छन् । उनले कयौँ पटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई गभर्नर ट्रुडो भनेर पनि सम्बोधन गरिसकेका छन् ।
उनको यस अभिव्यक्तिप्रति क्यानडामा व्यापक आक्रोश देखिएको छ । ट्रम्पले क्यानडामाथि अमेरिकाभित्र लागू औषध फेन्टानिलको तस्करी रोक्न र अवैध आप्रवासीहरूको आगमन रोक्न नसकेको आरोप लगाउँदै आएका थिए । दुई देशबिचको द्विपक्षीय व्यापारमा धेरै कमजोरीहरू रहेको पनि उनले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ