आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

आइतबार, २५ फागुन २०८१, १० : ५१
आइतबार, २५ फागुन २०८१

वासिङ्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका छन्  ।

क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई गेको उनको आरोप छ । फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

जसमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो ।  फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागू गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे । यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागू भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?