सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु

दमस्कस । सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि जारी हिंसा मत्थर भएको थियो । तर केही हप्ताको शान्तिपछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको छ ।
गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण भएको र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले भनेको छ ।
द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको संस्थाले बताएको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति काटेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलियो ।
शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि समुदायका मानिसहरूलाई निशाना बनाउन थालेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा