गाजा योजनाबारे के भन्छन् युरोपेली देशका नेता ?

ब्रसेल्स । गाजाको पुनर्निर्माणका लागि अरब देशहरूले बनाएका योजनालाई युरोपेली देशहरूको समर्थन गर्ने बताएका छन् । अरब देशहरूले ५३ अर्ब डलर खर्च गरेर गाजाको पुनर्निर्माण गर्ने योजना बनाएका छन् ।
यस योजनामा प्यालेटिनीहरू गाजा क्षेत्रबाट बाहिरिनु पर्दैन । इजिप्टले बनाएको यस योजनालाई अरब देशका नेताहरूले यसलाई समर्थन गरेका थिए । तर इजरायलले यसको विरोध गरेको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई अस्वीकार गरेका छन् । ट्रम्पले गाजापट्टीबारे आफ्नो छुट्टै योजना पेश गरेका थिए । यसमा भने गाजापट्टीबाट प्यालेष्टिनीहरू विस्थापित हुनु पर्नेछ । आफ्नो योजनामा उनले यस क्षेत्रलाई ‘मध्य पर्व रिभेरा’मा रूपान्तरण गर्ने आफनो दृष्टिकोण शेयर गरेका थिए ।
यसैबीच, शनिबार फान्स, जर्मनी, इटाली र बेलायतका विदेश मन्त्रीहरूले अरब देशहरूको योजनाको स्वागत गरेका थिए । पाँच वर्षमा गाजा पुनर्निर्माण गर्ने यो योजनालाई उनीहरूलाई यथार्थपरक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ