उपाधि होडबाट बाहिरियो साबिक विजेता बैंगलुरु

लखनउ । यूपी वारियर्ससँग पराजित भएपछि साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु महिला प्रिमियर लिगको उपाधि होडबाट बाहिरिएको छ । शनिबार भएको खेलमा १२ रनले विजयी भए पनि यूपी पनि उपाधि होडमा छैन ।
यूपीले प्रस्तुत गरेको २ सय २६ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १९.३ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन मात्र बनाउन सक्यो । टोलीका लागि ऋचा घोषले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ३३ बलमा ६ चौका र ५ छक्का प्रहार गरिन् ।
एल्से पेरीले १५ बलमा २८ रन जोडिन् । उनले ६ चौका हिर्काइन् । सभिनेनीले १२ बलमा २७ रन तथा स्नेह रानाले ६ बलमा २६ रन बनाइन् ।
बैंगलुरुलाई सस्तोमा समेट्न सोफी एक्लेस्टोन र दीप्ति शर्माले ३–३ विकेट लिए । चिनेली हेनरीले २ विकेट तथा अञ्जली सारभानीले १ विकेट लिइन् ।
यसअघि जर्जिया भोल मात्र एक रनले शतक बनाउनबाट चुक्दा यूपीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । भोल ५६ बलको सामना गर्दै ९९ रनमा नटआउट रहिन् । उनले १७ चौका र १ छक्का हिर्काइन् ।
त्यस्तै, किरन नाभगिरेले १६ बलमा ४६ रन बनाइन् । उनले २ चौका र ५ छक्का प्रहार गरिन् । ग्रेस ह्यारिसले २२ बलमा ३९ रन जोडिन् । उनले ७ चौका र १ छक्का हिर्काइन् ।
बैंगलुरुका लागि जर्जिया वेरह्यामले २ विकेट तथा चार्ली डिनले १ विकेट पाइन् ।
८ खेलपछि ६ अंक बटुल्दै यूपी वारियर्सको ६ अंक रहेको छ । टोली चौथो स्थानमा सीमित रह्यो । उता, ७ खेलबाट ४ अंक बटुलेको बैंगलुरु पुछारमा रहेको छ ।
योसँगै शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स, दोस्रो स्थानमा रहेको गुजरात जायन्ट्स र तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले प्लेअफमा स्थान पक्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न'
-
रातो कार्ड पाएपछि एट्लेटिको मड्रिडलाई धक्का, गुमायो शीर्ष स्थान उक्लिने अवसर
-
मानव बेचबिखनको ५ वटा मुद्दामा फरार आरोपीको भारतमा घरजम, ६ वर्षपछि पक्राउ
-
रचिनले तोडे केन विलियमसनको रेकर्ड
-
स्पष्टीकरणमा बास्तोलाले भने– म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख
-
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ