पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा
आइतबार, २५ फागुन २०८१, ०९ : ११

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।
गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।
राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज विमास्थलमा पूर्वराजालाई स्वागत गर्ने भन्दै तयारी थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय
-
'हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न'
-
रातो कार्ड पाएपछि एट्लेटिको मड्रिडलाई धक्का, गुमायो शीर्ष स्थान उक्लिने अवसर
-
मानव बेचबिखनको ५ वटा मुद्दामा फरार आरोपीको भारतमा घरजम, ६ वर्षपछि पक्राउ
-
रचिनले तोडे केन विलियमसनको रेकर्ड
-
स्पष्टीकरणमा बास्तोलाले भने– म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख