नश्लीय पाखण्डको पर्दाफास गरौँ : रिमाल

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् । राजावादीहरूको सक्रियताप्रति असन्तुष्टि जनाउँदै उनले नश्लीय पाखण्डको पर्दाफास गर्न आह्वान गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'यिनीहरू नै थिए त ! अढाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहाँबाट त्यहाँ’ जान नदिने जस्ता “राम-राज्य”का सञ्चालक यिनीहरू नै थिए हैन र ?'
रिमाल थप लेख्छन्– 'अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यस बखतका राजा सहित सिङ्गो वंशलाई 'उनीहरूद्वारा-उनीहरूका लागि-उनीहरूले नै' खरानी बनाएका हैनन् र ? 'एयरपोर्ट जाऔँ-स्वागत गरौँ' भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको 'गोल्डेन डेज'आयो भन्दै ती 'डेज'मा 'गोल्ड'को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शन फिल्म ‘माग्ने राजा’राखिने
-
वीर अस्पताल निर्देशकका लागि शर्मा, गौतम र कार्कीको नाम सिफारिस
-
महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ
-
क्रिप्टो र जुवामा ३० करोड कारोबार, पोखराबाट ५ जना पक्राउ
-
राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय
-
'हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न'