नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घमा नयाँ नेतृत्व चयन
आइतबार, २५ फागुन २०८१, ०८ : ३६

बुटवल । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट बुटवलका एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । गएराति बुटवलमा सम्पन्न महाधिवेशनबाट एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचन समितिका संयोजक दामोदर घिमिरेका अनुसार समितिको सदस्यहरूमा वीरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार, जगदीश उप्रेती, सागर शर्मा, सुयशराज पराजुली एसोसिएट सदस्य र पदेन सदस्यहरूमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान,किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह रहेका छन् ।
यसअघि अधिवेशनले उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न'
-
रातो कार्ड पाएपछि एट्लेटिको मड्रिडलाई धक्का, गुमायो शीर्ष स्थान उक्लिने अवसर
-
मानव बेचबिखनको ५ वटा मुद्दामा फरार आरोपीको भारतमा घरजम, ६ वर्षपछि पक्राउ
-
रचिनले तोडे केन विलियमसनको रेकर्ड
-
स्पष्टीकरणमा बास्तोलाले भने– म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख
-
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ