आइतबार कसलाई कति लाभ ? हेरौँ राशिफल

वि.सं. २०८१ साल फाल्गुन २५ गते । आइतबार । इस्वी सन् २०२५ मार्च ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–दशमी, १० घडी ५८ पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त एकादशी । नक्षत्र–पुनर्वशु, ५० घडी ६ पला, रातको २ बजेर २६ मिनेट उप्रान्त तिष्य ।
योग–सौभाग्य,२८ घडी २४ पला, बेलुकी ५ बजेर ४४ मिनेट उप्रान्त शोभन । करण–गर, बिहान १० बजेर ४६ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ८ मिनेट । दिनमान २९ घडी २५ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर २२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर २३ मिनेटदेखि बिहान ७ बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५२ मिनेटदेखि बिहान ९ बजेर १९ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २० मिनेटदेखि बिहान १० बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४८ मिनेटदेखि बिहान १२ बजेर १५ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर १२ मिनेटसम्म रोग बेला ।
दिउसो ४ बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ४१ मिनेटदेखि बेलुकी ७ बजेर ४० मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ६ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४६ मिनेटदेखि बिहान ५ बजेर ३४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । बैक तथा वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । काम वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्ने हरूलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्थामा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभ तथा माङ्गलिक काममा धन खर्च हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्र तथा वित्तीय बजारमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार तथा वित्तीय क्षेत्रको नाफामा वृद्धि हुनेछ भने आम्दानीका नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई मिलाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बैक तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकमा श्रम ऐन नलाग्ने फैसला : नवीकरण हुन छाडे ट्रेड युनियन
-
श्रमिकको न्यूनतम तलब ३५ हजार हुनुपर्ने निष्कर्ष
-
आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक