आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी

आइतबार, २५ फागुन २०८१, ०५ : ५९
आइतबार, २५ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र ओसासुनाबीचको खेल रोकिंदा भ्यालेन्सिया, सेल्टा भिगो र डेपोर्टिभो अलाभेस विजयी भएका छन् । शनिबार राती सेल्टा भिगोले लेगानेसलाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेसले मियारियाललाई १-० ले पाखा लगायो । 

उता, भ्यालेन्सियाले रियाल भालाडोेलिडलाई २-१ ले पराजित गर्‍यो । ला लिगामा २७ औं चरणका खेल सुरु हुँदा एक खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ शीर्ष स्थानमा छ भने ५६ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा छ । 

यस्तै, ५४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । उत्तरार्धमा आइपुग्दा लिग निकै रोमान्चक हुने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?