‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान
आइतबार, २५ फागुन २०८१, ०२ : ३१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
खैरहनी नगरपालिका–९ स्थायी घर भई रत्ननगर नगरपालिका–७ बस्ने अन्दाजी ३४ वर्षीय सुरेश महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको सूचना अधिकारी थापामगरले बताए । ‘गोविन्दे’ हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी ३६ वर्षीय जद्दु सिंह थारुलाई आक्रमण गरेर मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
-
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन
-
कुलमानले बुझाए स्पष्टीकरण, के छ जवाफी पत्रमा (पूर्णपाठ)
-
पूर्वराजाका ‘भान्जा हुँ’ भनेर १ करोड २७ लाख ठगी