आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : राजावादी गतिविधि बढेसँगै माओवादी अभियान स्थगितदेखि कोटिहोम घटनाका दोषीलाई कारबाहीको मागसम्म

शनिबार, २४ फागुन २०८१, २३ : ४७
शनिबार, २४ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. राजावादी गतिविधि बढेको भन्दै माओवादी अभियान स्थगित
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई-मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।

२. कोषाध्यक्षमाथि कारबाही
सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेको छ । विभिन्न चार बुँदे आरोप लगाउँदै पार्टीको  केन्द्रीय अनुशासन समितिले उनलाई स्पष्टीकरण माग गर्दै  निलम्बन गरेको हो ।

३. कोटीहोम विवाद 
मानव सेवा फाउन्डेसन नेपालले शुक्रवार पोखरामा आयोजित भूमिपुजनका क्रममा पोखरा महानगरपालिकाले हस्तक्षेप गरेको भन्दै सो कदमको घोर भर्त्सना गरेको छ । शनिवार फाउन्डेसन र त्यसका संस्थापक अध्यक्ष समेत रहेका विजय कृष्णमूर्तिले एक विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

४. लगातार भूकम्प
काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५।९ म्याग्निच्युडको रहेको थियो ।

५. कामविना तलब
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले खोज अनुसन्धानका लागि छुट्टै निकाय खडा गरेको छ । त्यसका लागि विभिन्न चार वटा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) छन् ।खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने ती केन्द्र नाममा मात्र सीमित हुन थालेका छन् ।

६. त्रिवि तोडफोड प्रकरण
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो । 

७. प्रिमियर लिग
इंग्लिश प्रिमियर लिगमा लिभरपुल, ब्राइटन र क्रिष्टल प्यालेस विजयी भएका छन् । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले हरायो । 

८. फोटोफिचर

९. प्रदर्शन
नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ । शनिवार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनर्बहालीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो । 

१०. मौसम 
काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा आज छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

११. अन्तर्राष्ट्रिय महिला दिवस

 

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?