प्रिमियर लिगमा लिभरपुललाई १६ अंकको अग्रता

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुल, ब्राइटन र क्रिष्टल प्यालेस विजयी भएका छन् । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हरायो ।
घरेलु मैदानमा लिभरपुललाई विजयी गराउन मोहम्मद सालाहले दुई तथा डार्विन नुनेजले एक गोल गरे । त्यसअघि साउथह्याम्पटनका विल स्मालबोनले एक गोल गरेका थिए ।
अर्को खेलमा ब्राइटनले फुलहमलाई २-१ गोल अन्तरले हरायो । राउल जिमिनेजको गोलबाट सुरुवाती अग्रता लिएको फुहमले दोहोरो गोल गर्न सकेन । ब्राइटनका लागि जान पउल भान हेक र जोआओ पेड्रोले एक–एक गोल गरे । शनिबार राती नै क्रिष्टल प्यालेसले इप्सविच टाउनलाई १-० ले हरायो ।
योसँगै शीर्ष स्थानको लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ । अंक तालिकामा उसले १६ अंकको अग्रता कायम गरेको छ । आर्सनल २७ खेलबाट ५४ अंकका साथ दोस्रो स्थानमा छ भने नटिङघम ५१ अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्याउली’ लिएर आइन् बालिका बान्तावा
-
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
-
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन
-
कुलमानले बुझाए स्पष्टीकरण, के छ जवाफी पत्रमा (पूर्णपाठ)