कोटीहोम विवाद : दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग
_MXapzRVU85.jpg)
काठमाडौँ । श्री मानव सेवा फाउन्डेसन नेपालले शुक्रवार पोखरामा आयोजित भूमिपुजनका क्रममा पोखरा महानगरपालिकाले हस्तक्षेप गरेको भन्दै सो कदमको घोर भर्त्सना गरेको छ । शनिवार फाउन्डेसन र त्यसका संस्थापक अध्यक्ष समेत रहेका विजय कृष्णमूर्तिले एक विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ - ‘शान्तिपूर्ण पूजाआजामा संलग्न श्रद्धालु भक्तजनहरूलाई आतङ्कित पार्ने, पूजा सामग्री उठाएर अस्तव्यस्त बनाउने र अन्यायपूर्ण दमन गर्ने कार्य सनातन धर्ममाथिको गहिरो आघात हो । हामी यो क्रूर हस्तक्षेपको घोर निन्दा गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ ।’
फाउन्डेसनले पोखरा महानगरपालिकाले लगाएका आरोपको खण्डन समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘ पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनमाथि लगाएको ‘अनुमति बिना भूमि पूजन, धार्मिक असहिष्णुता भड्काउने, गुण्डागर्दी शैलीमा आक्रमण गर्ने’ जस्ता निराधार आरोपहरू पूर्ण रूपमा निराधार, भ्रामक र सुनियोजित दुष्प्रचार हुन्, जसको हामी घोर खण्डन गर्दछौँ ।’
विज्ञप्तिमा सो घटनामा भक्तजनहरूमाथि भएको अन्यायपूर्ण दमनले धार्मिक स्वतन्त्रता र सहअस्तित्वको भावना नै खलबल्याएको आरोप लगाइएको छ ।
शुक्रवार पोखरामा महानगर प्रहरी र भूमिपुजन गरिरहेकाहरूबिच झडप हुँदा केही नगर प्रहरी र भक्तजन घाइते भएका थिए । फाउन्डेसनले वैशाखमा हुने कोटीहोमका लागि भूमिपुजन कार्यक्रम राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन