काठमाडौँ उपत्यकामा छिटपुट वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा आज छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँ उपत्यकामा साँझ छिटपुट वर्षा हुँदा चिसो बढेको छ । महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
-
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन
-
कुलमानले बुझाए स्पष्टीकरण, के छ जवाफी पत्रमा (पूर्णपाठ)
-
पूर्वराजाका ‘भान्जा हुँ’ भनेर १ करोड २७ लाख ठगी