१० बजे १० समाचार : राजावादी सक्रिय हुँदा माओवादी अभियान रोकियो, जनमतमा ५ करोडको लफडा

आज मिति २०८१ साल फागुन महिनाको २४ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समचार लिएका आएका छौँ–
- माओवादी अभियान स्थगित
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।
- कोषाध्यक्षमाथि कारबाही
सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेको छ । विभिन्न चार बुँदे आरोप लगाउँदै पार्टीको केन्द्रिय अनुशासन समितिले उनलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरेको हो ।
- लगातार भूकम्प
काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो ।
- कामविना तलब
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले खोज अनुसन्धानका लागि छुट्टै निकाय खडा गरेको छ । त्यसका लागि विभिन्न चार वटा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) छन् ।खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने ती केन्द्र नाममा मात्र सीमित हुन थालेका छन् ।
- त्रिवि तोडफोड प्रकरण
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो ।
- खेलकुद
चार देशीय महिला टी–२० शृङ्खला ‘वुमन्स डे टी–२० कप’को पहिलो खेलमा नेपाल शनिबार नामिबियासँग डकवर्थ लेविस (डी/एल) मेथडका आधारमा ६ विकेटले पराजित भएको छ ।
केही प्रस्तावित अन्तर्राष्ट्रिय शृङ्खलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेन्डर सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को दुई महिना सकिएपछि यस वर्षको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षणलगायत गतिविधि समावेश गर्दै क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
- फोटोफिचर
- प्रदर्शन
नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ । शनिवार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनर्बहालीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो ।
- अन्तर्राष्ट्रिय महिला दिवस
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकमा श्रम ऐन नलाग्ने फैसला : नवीकरण हुन छाडे ट्रेड युनियन
-
श्रमिकको न्यूनतम तलब ३५ हजार हुनुपर्ने निष्कर्ष
-
आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक