पहिलो खेलमा नामिबियासँग हार्यो नेपाल

काठमाडौँ । चार देशीय महिला टी–२० शृङ्खला ‘वुमन्स डे टी–२० कप’को पहिलो खेलमा नेपाल शनिबार नामिबियासँग डकवर्थ लेविस (डी/एल) मेथडका आधारमा ६ विकेटले पराजित भएको छ । वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नामिबियाले पाएको ७१ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा पछ्याएको हो ।
नामिबियाको जितमा मेकेलाये एमवाटिलेले सर्वाधिक २६ रनको योगदान दिइन् । उनले ३ चौका प्रहार गरिन् । त्यस्तै, जुरिएन डिएरगार्डटले नट आउट रहेर १३ रन बनाउँदै टोलीलाई जित दिलाइन् । नेपालका लागि पूजा महतो, कविता जोशी, इन्दु वर्मा र ईश्वरी विष्टले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन जोडिन् । उनले ११ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै, ईश्वरी विष्टले नटआउट रहँदै १४ बलमा १७ रनको योगदान दिइन् । उनले २ चौका हिर्काइन् । कविता जोशीले ३१ बलमा १६ रन तथा पूजा महतोले २० बलमा १३ रन बनाइन् ।
खेलमा नेपाले १५ रन अतिरिक्त प्राप्त गरेको थियो । नामिबियाका लागि मेकेलाये एमवाटी र विक्ला एमवाटीले ३–३ विकेट हात पारे । त्यस्तै, केलिन ग्रिनले दुई विकेट तथा जुरिएन डिएरगार्डटले १ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा