एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको अध्यक्षमा अधिकारी

चितवन । एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारणसभाबाट अध्यक्षमा ई.बिष्णु अधिकारी सर्वसम्मतले चयन भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि ई.विष्णु अधिकारीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित उपाध्यक्षहरूमा ई. खेम थापाबहादुर मगर, ई.दामोदर ढकाल, सचिवमा ई.आशा शर्मा, सहसचिवमा ई.केदार अधिकारी र ई.शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा रहेका छन् । यस्तै, सदस्यहरूमा ई.गौरव पराजुली, ई.हेमन्त श्रेष्ठ, ई.अमृत गिरी र रोशन भाट निर्वाचित भएका छन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले देश विकासमा अहम् भूमिका निर्वाह गर्ने इन्जिनियरहरूको भूमिकालाई राज्यले सही सदुपयोग गर्नुपर्ने बताए । उनले इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । भरतपुरको विकास र समृद्धिमा इन्जिनियरहरूको भूमिका अतुलनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे ।
यसैगरी कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ई.विष्णु अधिकारीले राष्ट्र निर्माणमा योगदान दिन सक्ने इन्जिनियरहरूको भूमिकालाई थप मजबुत बनाउँदै आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ