सांसद सिंहको पुत्ला दहन
शनिबार, २४ फागुन २०८१, १८ : १८

रौतहट । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुत्ला दहन गर्दै प्रदर्शन भएको छ।
सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै साहका समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरूले नाराबाजी गर्दै बीपी चौकमा शनिबार पुतला दहन गरेका हुन् ।
नगरका उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य, तथा स्थानीयहरूले सांसद सिंहलाई अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग गरेका छन् ।
प्रदर्शनकारीहरूले ब्यानर, प्लेकार्ड बोकेर पुत्ला दहन गर्दै सिंहले अविलम्ब माफी नमागेमा उनीविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’