महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि : देउवा
शनिबार, २४ फागुन २०८१, १८ : ११
_m7NIVIvYto.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरू देशभन्दा धेरै अगाडि रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरू देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अरू देशभन्दा धेरै अगाडी रहेको बताएका हुन् ।
उनले हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको धारणा राखे । सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल