ओली सरकारका कारण देश दुर्घटनाको खतरामा परेको भन्दै माओवादी नेताहरू काठमाडौँ फर्कँदै

काठमाडौँ । फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् । शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मातृका यादवले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको यादवले रातोपटीलाई बताए ।
‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन् । यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो । हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरूप परिवर्तन हुन्छ । बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौँ ।’
यादवले राजावादीको गतिविधिबारे खासै छलफल नभएको भन्दै ओली सरकारको जनविरोधी गतिविधिविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा र सदनलाई प्रभावकारी बनाउन बैठक बोलाएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत