रौतहटमा प्रचण्डलाई ११० किलोको माला
शनिबार, २४ फागुन २०८१, १७ : ५२

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई रौतहटमा ११० किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।
जनतासँग माओवादी: तराई मधेस जागरण अभियान अन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका प्रचण्डलाई शनिबार परोहा नगरपालिका लौकाहा चौकामा आयोजित कार्यक्रममा पार्टी कार्यकर्ताहरूले ११० किलोको फूलको माला लगाएर स्वागत गरेका हुन्।
उक्त अवसरमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा पम्फा भुसाल, महेन्द्र राय यादव, मातृका प्रसाद यादव, लगायत अभियानका नेताहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
-
गणतन्त्र कि राजसंस्था : नेपाली जनताको राजनीतिक संघर्ष र चाहना
-
च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक
-
कोशी प्रदेश सरकारको दुईवटा भेन्टिलेटर ‘गायब’ !
-
‘प्याउली’ लिएर आइन् बालिका बान्तावा
-
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली