सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

काठमाडौँमासहित ५ जना मृत फेला

शनिबार, २४ फागुन २०८१, १६ : १६
शनिबार, २४ फागुन २०८१

काठमाडौँ । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

  • काठमाडौँ, गोकर्णेश्‍वर नगरपालिका-७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही ठाउँस्थित शारदा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • जाजरकोट, शिवालय गाउँपालिका-१ छेडास्थित छेडाचौर थलह-सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका-१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह सडको शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित मोहना नदीमा सोही ठाउँ बस्ने डोटी शिलगडी नगरपालिका-३ घर भएकी ८६ वर्षीया तुल्सी जोरा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप